क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई दियो ‘सुपरहिट’को मान्यता

काठमाडौं । क्यूएफएक्सले सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’लाई ‘सुपरहिट’को मान्यता दिएको छ । क्यूएफएक्सले ‘पूर्ण बहादुरको सारङ्गी’लाई आज सुपरहिटको मान्यता दिएको हो ।

कात्तिक १५ गतेबाट रिलिज भएको चलचित्र उच्च अकुपेन्सीसहित चलिरहेका बेला ‘सुपरहिट’ सिनेमाको मान्यता पाएको हो ।

क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ । बक्स अफिस कलेक्सनका आधारमा क्यूएफएक्सले सुपरहिट र ब्लकबस्टर घोषणा गर्दै आएको छ ।

क्यूएफएक्सले एक हप्तामा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई ‘सुपरहिट’ र तीन दिनमा डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रलाई बल्कबस्टर घोषणा गर्दै आएको छ ।

सरोज पौडेलले निर्देशन गरेको विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।