दिलीपको ‘हेल्लो काशिराम’ले हलबाट उठायो जम्मा २५ हजार

काठमाडौं । चलचित्र ‘हेल्लो काशिराम’ जेठ महिनामा सबैभन्दा कम ग्रसकलेक्सन गर्ने चलचित्र बनेको छ । दिलीप रायमाझी मुख्य भूमिकामा रहेको यो चलचित्र जेठ महिनाकै सबैभन्दा कमजोर चलचित्र बनेको हो ।

जेठ २ गते रिलिज भएको यो चलचित्र जम्मा १०४ जनाले मात्रै हेरेको पाइएको छ । ‘हेल्लो काशिराम’ले जम्मा २५ हजार ५३५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

यो चलचित्रमा दिलीपसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई, भगेरी डन, नव ज्योती रसाइली, सुमन खाँणलगायतका कलाकारको अभिनय रहेको थियो । नायिका प्रियंका कार्की अतिथि भूमिकामा थिइन् ।

ठूलो प्रचारबाजी नगरी आएको सिनेमाले ब्यापार पनि राम्रो गर्न नसकेको हो । चलचित्र ‘हेल्लो काशिराम’लाई रिम विश्वकर्माको निर्देशन गरेका थिए । लेखन पनि निर्देशक स्वयंको थियो ।

पीवी थापाको लगानी रहेको चलचित्रलाई मित्र डी गुरुङको सम्पादनले गरेका थिए ।