जेठमा रिलिज भएका कुन नेपाली चलचित्रले कति कमाए ?

काठमाडौं । जेठ महिनामा जम्मा पाँचवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘नरसिंहा अवतार’, ‘जन्ते बाख्रो’, ‘महाभोज’, ‘के घर के डेरा : घर नं. २’, र ‘हेल्लो काँशिराम’ रिलिज भएका हुन् ।
यी पाँचवटा चलचित्रले जम्मा २ करोड ९१ लाख ६६ हजार ५७२ रुपैयाँ ग्रसकलेक्सन गरेका छन् ।
सबैभन्दा धेरै दर्शकले चलचित्र ‘नरसिंहा अवतार’ हेरेका छन् । यो चलचित्र ६३ हजार ५७ दर्शकले हेर्दा १ करोड ७५ लाख ३ हजार ९२६ रुपैयाँ कलेक्सन गरेको छ ।
‘जन्ते बाख्रो’ १० हजार ५१० जनाले हेर्दा ३१ लाख ८८ हजार ९६५ रुपैयाँ कलेक्सन भएको छ ।
‘महाभोज’ ९ हजार ३४७ दर्शकले हेर्दा ३० लाख ११ हजार ७२९ कलेक्सन भएको छ । हाल प्रर्दशनरत रहेकाे याे चलचित्रको बक्सअफिस कलेक्सनमा अझै बढ्ने सक्नेछ ।
‘के घर के डेरा : घर नं. २’ १७ हजार ६६ हजार दर्शकले हेर्दा ५४ लाख ३६ हजार ४१७ रुपैयाँ कलेक्सन भएको छ ।
‘हेल्लो काँशिराम’ १०४ जना दर्शकले हेर्दा २५ हजार ५३५ रुपैयाँ ग्रसकलेक्सन भएको छ । यी पाँचवटा चलचित्र हेर्न एक लाख ८४ जना दर्शक हल गएका छन् ।
‘नरसिंहा अवतार’लाई दिवाकर भट्टराईले, ‘महाभोज’लाई दिनेश राउतले, ‘हेल्लो काँशिराम’लाई रिम विश्वकर्माले, ‘जन्ते बाख्रो’लाई सिमोश सुनुवारले र ‘के घर के डेरा : घर नं २’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।