विपिन कार्कीले रास्वपा सभापति रवि लामिछानेलाई मुक्त गर्नुपर्ने अभियानमा गरे हस्ताक्षर

काठमाडौं । अभिनेता विपिन कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका पक्षमा उभिएका छन् । रविलाई छोड्न रास्वपाले सुरु गरेको दबाब अभियानमा हस्ताक्षर गर्दै विपिन रविका पक्षमा उभिएका हुन् ।
उनले आज रास्वपाको पार्टी कार्यालयमा पुगेर रास्वपाले सुरुको गरेको अभियानमा आफ्नो ऐकबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् ।
रविलाई सरकारले प्रतिशोध साँधेको भन्दै रास्वपाले दबाब अभियान सुरु गरेको छ । आफूलाई सरकारले अनावश्यक रूपमा प्रतिशोध साँधेर रविलाई दुःख दिएजस्तो लागेको उनले बताएका छन् । रविसँग चिनजान भएको र सरकारले पनि उनलाई विभिन्न बाहानामा प्रहरी हिरासतभित्रै राख्ने काम गरेको भन्ने लागेर हस्ताक्षर गरेको उनले बताएका छन् ।
तर, आफू रास्वपाको कार्यकर्ता नभएको उनले प्रष्ट पारेका छन् । आफू कुनै पनि पार्टीमा नरहेको विपिनले बताएका छन् । रास्वपाले फोन गरेर ऐकबद्धताका लागि बोलाएकाले सहभागी मात्रै भएको उनो भनाइ छ ।
रवि लामिछाने सहकारी ठगीको आरोपमा अहिले भैरहवा प्रहरीको हिरासतमा छन् ।