नेपाली चलचित्रको पहिलो हेयर ड्रेसर को हो ?

काठमाडौं । नेपाली सिनेमा उद्योगमा रहेका थुप्रै रेकर्डमध्ये एउटा रेकर्ड ऋतु रानाका नाममा रहेको छ । जुन रेकर्ड अब कसैले तोड्न सक्ने छ्रैन । किनकि उनी पहिलो हेयर ड्रेसर हुन् ।

पहिलो हेयर ड्रेसर ऋतु राना नेपालको चलचित्र क्षेत्रमा पहिलो हेयर ड्रेसरको रूपमा ऋतु परिचित छन् । उनले सन् १९९० को दशकमा चलचित्र ‘चिनो’बाट आफ्नो हेयर ड्रेसरको करियर सुरू गरेकी थिइन् । नेपाली सिनेमामा हेयर ड्रेसिङ पेशालाई व्यावसायिक रूपमा स्थापित गर्न ऋतु रानाको योगदान उल्लेखनीय छ ।

त्यसपछि उनले गौरी मल्ल, करिश्मा मानन्धर, मिथिला शर्माजस्ता अभिनेत्रीहरूको कपाल सजाउने काम गरेकी थिइन् । तुलसी घिमिरेको लेखन निर्देशन रहेको ‘चिनो’ वि.स. २०४७ माघ १ गते प्रदर्शनमा आएको थियो ।

यो चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, सुनील थापा, क्रिस्टी मैनाली, शर्मिला मल्ल, सुभद्रा अधिकारी, सुशीला रायमाझीलगायतको अभिनय रहेको थियो छ । यो चलचित्र दुई दाजुभाइ (शिव श्रेष्ठ र भुवन केसी)बीचको बदलाको कथा हो । आफ्ना आमाबाबुलाई अपराधी राते काइला (सुनील थापा)द्वारा मारिएपछि अलगिन्छन् । उनीहरूको कसरी पुनर्मिलन हुन्छ र आफ्ना आमाबाबुलाई किन मारियो भन्ने कारण पत्ता लगाउँछन् र बदला लिन्छन् ।

यो चलचित्रले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । यो चलचित्रले बक्सअफिसमा ब्लकबस्टर भएको थियो र १९९० को दशकको सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र र ‘कुसुमे रुमाल (तुलसी घिमिरेको अर्को चलचित्र) पछि दोस्रो सबैभन्दा धेरै कमाउने नेपाली चलचित्र बनेको थियो ।

रञ्जित गजमेरको संगीत रहेको चलचित्रका गीतहरू लोकप्रिय थिए ।