हात्तीको अभिनय समेटिएको पहिलो चलचित्र कुन हो ?
काठमाडौं । करिब ७ दशक लामो नेपाली सिनेमा उद्योगमा थुप्रै रेकर्ड छन् । केही रेकर्ड कलाकारका । केही रेकर्ड प्राविधिकका । केही रेकर्ड कम्पनीका । केही रेकर्ड भूगोगलका ।
अनि केही रेकर्ड चाहिँ यस्ता पनि छन्, जो जनावरका नाममा छन् । यस्तै एउटा रेकर्डको हात्तीले बनाएको ।
हात्तीको अभिनय समेटिएको पहिलो चलचित्र कुन हो भनेर खोज्ने हो भने, ‘माउते दाइ’ भेटिन्छ ।
नेपाली सिनेमामा हात्तीको अभिनय समेटिएको पहिलो चलचित्र ‘माउते दाइ’ हो । यो चलचित्रलाई युवराज लामाले निर्देशन गरेका हुन ।
कलाकारमा युवराज लामा, रमेश उप्रती, जल शाह आदि छन् । यो चलचित्र वि.स. २०५६ फागुन ३ गते प्रदर्शन भएको थियो ।
यो चलचित्रको कथावस्तु समकालीन नेपाली समाजभित्रका मानवीय सम्बन्ध, नैतिक दुविधा र नियतिको खोजी थियो । ‘त्रिपुर सुन्दरी इन्टरनेसनल सिन आट्र्सको ब्यानरमा यो चलचित्र निर्माण भएको थियो ।


