भालुलाई प्रयोग गरिएको पहिलो चलचित्र कुन हो ?
काठमाडौं । करिब ७ दशक लामो नेपाली सिनेमा उद्योगमा थुप्रै रेकर्ड छन् । केही रेकर्ड कलाकारका, केही रेकर्ड प्राविधिकका, केही रेकर्ड कम्पनीका त केही रेकर्ड भूगोगलका ।
अनि केही रेकर्ड चाहिँ यस्ता पनि छन्, जो जनावरका नाममा रहेका छन् । यस्तै एउटा रेकर्ड छ, भालुका नाममा ।
भालुलाई प्रयोग गरिएको पहिलो चलचित्र ‘दादागिरी’ हो । यो चलचित्रमा विराज भट्टको अभिनय छ ।
विराजले भालुसँग एक्सन गरेका छन् । यो चलचित्र विसं. २०६३ साउन ३१ गते प्रदर्शन भएको थियो ।
‘दादागिरी’लाई मदन घिमिरेले निर्देशन गरेका थिए । रोज राणा यो चलचित्रका निर्माता हुन् ।
चलचित्रमा विराज भट्टसँगै राजेश हमाल, विपना थापा, सज्जा मैनाली, धिरेन शाक्य, रेखा थापा आदि कलाकारहरूको अभिनय रहेको छ ।


