प्रियंकाले किन भेटिन् अनिल कपूरलाई ?
काठमाडौं । नायिका प्रियंका कार्की आफ्नो पहिलो फिचर फिल्म ‘मास्टर्नी’को पोस्ट प्रोडक्सनका क्रममा इन्डिया पुगेकी छन् । यसराज फिल्मस् स्टुडियोमा उनी आफ्नो चलचित्रको पोस्ट प्रोडक्सनको काम गरिरहेकी छन् ।
प्रियंकाले यसराज फिल्मस् स्टुडियोमा डबिङ गरिरहेको तस्बिर पोस्ट गरेकी छन् । “यो आशिषमय, सुन्दर जीवन, यी अद्भूत अवसरहरू र मलाई धेरै मन पर्ने काम गर्ने सुअवसरको लागि म आभारी छु” उनले फेसबुकमा लेखेकी छन्, “हाम्रो पहिलो फिचर फिल्म मास्टर्नीको पोस्ट प्रोडक्सन काम यसराज फिल्मस् स्टुडियोका गर्नु एउटा सपना हो ।”
उनले बलिउड स्टार अनिल कपुरलाई पनि भटेकी छन् । कपुरसँगको फोटो पनि उनले पोस्ट गरेकी छन् । “त्यसपछि अनिल कपूर सरसँगको भेट फ्यानगर्लका लागि झक्कासको क्षण । आइकन, लेजेन्ड, ऊर्जा,” उनले लेखेकी छन्, “केही दिनहरू थप विशेष महसुस हुन्छन् । आज ती मध्ये एक थियो ।”
प्रियंकाको ‘मास्टर्नी’ भदौ १२ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रलाई सुभेन्दू घोषले निर्देशन गरेका छन् । घोष भारतीय नागरिक हुन् ।
‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको चलचित्रमा प्रियंका स्वयंको कथा तथा सान बस्न्यातको पटकथा छ ।
चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा छिन् । चलचित्रमा प्रियंकासहित सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारीलगायतको अभिनय छ ।




