सुशील सिटौला मुख्य भूमिकामा रहेको चलचित्र अक्षरा’को शुभमुहूर्त

काठमाडौं । चलचित्र ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो ।

मुहर्त शर्टमा क्यामेरा दिनेश महरा, रोल शंकर महर्जन, एक्सनकटमा मधुसूदन भट्टराई रहेका थिए । क्ल्यापिङमा लव प्याकुरेलले दिएका थिए भने नरिवल दीपक दंगालले फुटाएका छन् ।

सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, विरेन्द्र कुशवाह र सृजना अधिकारीको अभिनय रहनेछ । बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुंगाना पनि देखिनेछन् ।

निर्देशक बिनय राज पौडेल हुन् भने सम्पादनमा गौतमराज खड्का रहेका छ्न् ।

कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन् । पटकथा तथा संवाद अभिमन्यु निरवीले तयार पारेका हुन् ।