नेपाली सिनेमा उद्योगको पहिला कला निर्देशक को हो ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मनको बाँध’ एक यस्तो चलचित्र हो, जसका नाममा थुप्रै रेकर्ड छन् । यो चलचित्रबाट नेपाली सिनेमा उद्योगमा कला निर्देशक भित्रिएका थिए ।

यही सिनेमामा उत्तम नेपालीले इन्डोर सुटिंगका लागि सेट बनाएका थिए । नेपाली कला निर्देशकले सेट बनाएर खिचिएको यो सिनेमा पहिलो थियो । त्यसैले उत्तम नेपालीलाई पहिलो कला निर्देशकका रुपमा लिइन्छ ।

‘मनको बाँध’ वि.सं. २०३० फागुन ७ मा रिलिज भएको थियो । शाही नेपाल चलचित्र संस्थानले निमार्ण गरेको यस चलचित्रलाई प्रकाश थापाले निर्देशन गरेका थिए । उनको यो डेब्यू निर्देशन थियो ।

अहिले नेपाली सिनेमा उद्योगमा थुप्रै कला निर्देशक रहेका छन् । अहिले कसले काम पाउने भन्नेमा कला निर्देशकहरूबीच नै प्रतिस्पर्धा जस्तै थिए । अहिले जति पनि कला निर्देशक छन्, सबै उत्तम नेपालीले सुरु गरेको यात्रामा छन् भन्दा हुन्छ ।