युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली चलचित्र कुन हो ?
काठमाडौं । नेपाली सिनेमा उद्योगमा रहेका थुप्रै रेकर्डमध्ये एउटा रेकर्ड ‘छक्का पन्जा ३’का नाममा पनि छ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको यो चलचित्र युट्युबमा सबैभन्दा धेरै हेरिने चलचित्र हो ।
बक्सअफिसमा पनि उत्कृष्ट व्यापार गरेको चलचित्र युट्युबमा सबैभन्दा धेरै हेरिने सिनेमा बनेको छ । पाँच वर्ष अगाडि युट्युबमा रिलिज भएको यो चलचित्रले हालसम्म ३८ मिलियन पटक हेरिएको छ ।
यो चलचित्रले नेपालका सरकारी स्कुलमा हुने गरेको राजनीतिको कथालाई उठान गरेको छ ।
दीपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाइँ लगायतका कलाकारको अभिनय छ ।
‘छक्का पन्जा’का सबै सिरिज बक्सअफिसमा पनि हिट छन् । दीपक–दीपाको समूहले बनाएका सबै चलचित्र बक्सअफिसमा हिट छन् ।
केही समयअगाडि सम्म ‘प्रेमगीत’ युट्युबमा सबैभन्दा धेरै हेरिने चलचित्र थियो । तर, यसलाई पनि उछिनेर ‘छक्का पन्जा–३’ युट्युबमा सबैभन्दा धेरै हेरिने सिनेमा बनेको हो । ‘प्रेमगीत’लाई ३५ मिलियन पटक हेरिएको छ । सुदर्शन थापा निर्देशक, सन्तोष सेन निर्माता रहेको यो सिनेमामा भने प्रदीप खड्का र पूजा शर्मा मुख्य भूमिकामा छन् ।

