चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’मा पारस र दिव्याको नृत्य
काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ ।
लोक फ्लेभरको गीतमा यस चलचित्रका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर रहेको छ ।
पारस बम ठकुरी (कुलब्वाय), दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङ यस गीतको भिडियोमा फिचर्ड छन् ।
संगीतकार तथा निर्माता पोखरेलले यो गीत चलचित्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि फरक स्वादमा तयार पारिएको बताए ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।
नरेन्द्र मैनालीको डिओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ ।


