‘मास्टर्नी’को टिजरमा छोरीका लागि आमाको संघर्ष

काठमाडौं । चलचित्र ‘मास्टर्नी’को टिजर सार्वजनिक भएको छ । भदौ ५ देखि प्रदर्शनमा आउने चलचित्रको टिजर आज सार्वजनिक भएको हो ।

अप्रत्यासित रुपमा छोरीमाथि घटना घटेपछि बिथोलिएको दैनिक जीवन टिजरमा देखिएको छ । छोरीको अनुहारमा एसिड छ्यापेर फरार भएको अपराधी पत्ता लगाउन भएको संघर्ष र त्यसपछिको नयाँ रहस्यमा टिजर केन्द्रित छ ।

टिजरमा सिनेमा अधिकांश मुख्य पात्र समेटिएका छन् । केन्द्रमा भने प्रियंका कार्की र सिम्रन खड्का छन् ।

‘मास्टर्नी’मा अभिनेत्री प्रियंका कार्की निर्माता छिन् । आयंका फिल्मसको प्रस्तुति रहेको ‘मास्टर्नी’ क्राइम–थ्रिलर विधामा बनेको चलचित्र हो ।

शुभेन्दु घोषले निर्देशन गरेको चलचिको कथा प्रियंकाले लेखेकी हुन् । पटकथा शान बस्नेतले तयार पारेका हुन् । संवाद प्रियंका र शानले तयार पारेका हुन् ।

निर्मातामा प्रियंका कार्कीसँगै क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की छन् ।

प्रियंका कार्की, प्रमोद अग्रहरी, सिम्रन खड्का, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, अनुपविक्रम शाही, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय छ ।