चलचित्र ‘गौँथली’को नाममा रहेको यो रेकर्ड

काठमाडौं । नेपाली चलचित्र उद्योगमा अहिले चलचित्र ‘गौँथली’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ । यो चलचित्रले आक्रामक कमाइ गरेर बक्सअफिसमा सफल सिनेमाका रुपमा अगाडि आइरहेका बेला यही नाममा बनेको चलचित्र ‘गौँथली’लाई पनि बिर्सन हुँदैन ।

यसअघि प्रदर्शन भएको ‘गौँथली’ विसं. २०५७ साउन २० गते प्रदर्शन भएको थियो । उक्त चलचित्र गौँथलीका नाममा पनि एउटा रेकर्ड छ । यो चलचित्र नेपाली सिनेमा उद्योगको पहिलो गिती फिल्म थियो ।

यसका लेखक डा. भोला रिजाल थिए । त्यो समयको ‘गौँथली’लाई वसन्त श्रेष्ठ निर्देशन गरेका थिए । नीर शाह, अञ्जली लामा, शान्ति मास्के, परिक्षा अधिकारी, दीक्षा दुलाल, सदीक्षा दुलाललगायतको अभिनय रहेको थियो ।

२०५७ मा रिलिज भएको ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो ।

त्यही ‘गौँथली’को कथामा टेकेर त्यसमा केही थपघट गरेर अहिले उनै भोला रिजालले ‘गौँथली’को कथा लेखेका छन् । जुन चलचित्र त्यही नाममा अहिले हलमा प्रदर्शनरत छ ।

अहिलेको चलचित्रलाई भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका छन् । यो चलचित्र भने गीति फिल्म होइन । तर, यी दुवै सिनेमा बक्सअफिसमा सफल भएका छन् ।