‘बेहुली’को गीतको गीतमा कति बने टिकटक ?
काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ले यतिबेला डिजिटल प्लेटफर्ममा राम्रो उपस्थिति जनाएको छ ।
रिलिज भएको जम्मा ४ दिनमै युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलेको यस गीतमाथि टिकटकमा मात्रै २ लाख ५० हजार भन्दा धेरै भिडियो बनिसकेका छन् । फेसबुक र इन्स्टाग्रामका रीलहरूमा पनि यतिबेला यही गीत लोकप्रिय बनिरहेको छ ।
गीतको भिडियोमा टिकटक स्टारका रूपमा उदाएका पारस बम ठकुरी, अभिनेत्री दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ छन् ।
यस चलचित्रमा भिडियोमा देखिएका चार कलाकारका अलावा सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता अर्जुन पोखरेल हुन् ।
प्रताप शमशेर राणा निर्माता रहेको यस प्रोजेक्टमा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन् ।
दुर्गा खरेल र शिशिर श्रेष्ठ सह–निर्माता तथा कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।


