चलचित्र ‘शुभ विवाह’को घोषणा, प्रदीप र सनिशा मुख्य भूमिकामा

काठमाडौं । चलचित्र ‘शुभ विवाह’को घोषणा भएको छ । सुदर्शन थापाको निर्देशन रहने चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा रहनेछन् ।

प्रदीप र सनिशाका साथमा हरिहर शर्मा, बसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी,अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेललगायको अभिनय रहनेछ ।

यसअघि निर्देशक थापा र अभिनेता खड्काले फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए, जुन फिल्म सफल भएको थियो ।

सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने यस फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् ।

फिल्मको पटकथा तथा संवाद लेखन रामशरण पाठकको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पार्श्व संगीत रहनेछ ।

राजेश श्रेष्ठले छायांकन (डीओपी) गर्ने यस फिल्मको सम्पादन मिलन श्रेष्ठले सम्हाल्नेछन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहनेछ । फिल्मका नृत्य निर्देशक विक्रम स्वार हुन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन् ।

सह–निर्देशकको रूपमा वसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक रहेका छन् ।

यो चलचित्र आगामी फागुन २१ गतेबाट अलनेपाल रिलिज हुँदै छ ।