दुर्गेशको तीज गीत ‘बीच बीचमा २.०’ सार्वजनिक
काठमाडौं । दुर्गेश थापाको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
केही समयअघि चलचित्र ‘मास्टर्नी’ गीतका कारण विवादमा आएका थापाले आफ्नै चर्चित तीज गीतको सिरिजको रुपमा ‘बीच्च बीच्चमा २.०’ सार्वजनिक गरेका हुन् ।
‘बीच बीचमा २.०’ बोलको गीतमा दुर्गेशको स्वर, शब्द तथा संगीत छ । दुर्गेशसँगै गीतमा बेनिशा पौडेल र बबिना कार्कीको पनि स्वर छ ।
गीतको भिडियोमा दुर्गेशसँगै करिश्मा केसी र स्मारिका ढकाल पनि फिचर्ड छन् । भिडियो निर्देशन मौसम हिमालीले गरेका छन् । कोरियोग्राफी पनि मौसम आफैँले गरेका छन् ।
दुर्गेश हरेक वर्ष तिज गीत सार्वजनिक गर्दै आएका छन् ।




