महिलाले संयुक्त रुपमा निर्देशन गरेको पहिलो चलचित्र कुन हो ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा सवु सुवेदी र अनिला खड्काको नाममा पनि एउटा रेकर्ड रहेको छ । यी दुई महिला निर्देशक तिनै हुन्, जो नेपाली सिनेमा उद्योगमा संयुक्त रुपमा सिनेमा निर्देशन गर्ने पहिलो महिला हुन् ।
सवु सुवेदी र अनिला खड्काले संयुक्त रूपमा निर्देशन गरेको चलचित्र ‘चलेछ बतास सुस्तरी’ हो । फिङगर्स इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्र विसं. २०७२ माघ २९ गते सार्वजनिक प्रदर्शनमा आएको थियो ।
प्रेमकथाको बनेको यो चलचित्रलाईको नायिकामा सुष्मा कार्की थिइन् । यो चलचित्रलाई प्रदिप भारद्धाजले निर्माण गरेका हुन् । यो चलचित्र ‘क्लासिक र प्रेमगीत’सँगै एकै दिन रिलिज भएको थियो ।
नेपाली सिनेमाको इतिहासमै दुई जनाले संयुक्त रुपमा निर्देशन गरेको नेपालको पहिलो चलचित्र भने ‘तिलहरी’ हो । यो चलचित्रलाई बन्नी प्रधान र रेशराज आचार्यले निर्देशन गरेका थिए ।
यो चलचित्र भने विसं. २०४६ मंसिर १२ गते प्रदर्शनमा आएको थियो ।




