नेपाल यातायातको सिटमा ‘झिंगे दाउ २’, क्यूआरबाट टिकट काट्न सकिने
काठमाडौं । असोज २ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तिव्रता दिएको छ । फिल्म रिलिजका लागि २ साता बाँकी रहँदाको अवस्थामा प्रत्यक्ष रुपमा दर्शकमाझ पुग्नका लागि प्रचारलाई फरक तरिकाले अगाडि बढाइएको छ ।
८० वटा गाडी, सिट कभर राखिएको छ । नेपाल यातायातमा यात्रा गर्ने अधिकांश दर्शकले यो फिल्मको बारेमा प्रत्यक्ष जानकारी पाउनेछन् ।
नेपाल यातायातको सिट कभरमा ‘झिंगे दाउ २’को २ वटा क्यूआर समेत राखिएको छ । जसमध्ये, एउटा क्यूआरबाट फिल्मको टिजर हेर्न मिल्नेछ । यस्तै, अर्को क्यूआरबाट क्यूएफएक्स चेनका सबै हलमा टिकट काट्न सकिने व्यवस्था गरिएको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगे दाउ २’मा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ ।




