‘झिंगे दाउ २’को ट्रेलरको केन्द्रमा दाजुभाइ र देउरानी जेठानीको झगडा

काठमाडौं । चलचित्र ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दाजुभाइ र देउरानी जेठानीको झगडा केन्द्रमा छ ।

ट्रेलरमा आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषयलाई प्रस्तुत गरिएको छ ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्र असोजको २ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।

ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ । रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् ।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ ।