‘झिंगे दाउ २’को ‘ए माया नजिकै सर’ गीत रिलिज
काठमाडौं । चलचित्र ‘झिंगे दाउ २’को गीत ‘ए माया नजिकै सर’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा दशैंको भाइब्स छ ।
गीतमा मुख्य कलाकारहरुले रातो टीका, जमरा लगाएका छन् । रोटे पिंगमा कोरसहरु रमाइरहेका छन् । यसले, अब तीज पर्व सकिन नपाउँदै दशैं पर्व सुरु भएको अनुभूति दिन्छ ।
सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, रामचन्द्र काफ्ले र शान्ती श्री परियारको स्वर छ । गीतको भिडियोलाई रामजी लामिछानेलेको कोरियोग्राफी गरेका छन् ।
भिडियोमा फिल्मका मुख्य कलाकारहरु केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी र कुशल बिष्टको नृत्य हेर्न सकिन्छ । गीतकै भिडियोमा केकी र आँचलको झगडा समेत हेर्न सकिन्छ ।
चलचित्रमा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ ।
रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह–निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ । फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन् ।
फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ ।
असोजको २ गतेबाट रिलिजमा आउन लागेको छ ।




