चलचित्रका लामा नाम, लामो नामले नकारात्मक असर गर्छ ?

काठमाडौं । ‘सर्ट एन्ड स्वीट’ भन्ने भनाइ नै छ । यसको अर्थ अनावश्यक लामो भन्दा छोटो राम्रो हुन्छ ।
तर, पछिल्लो समय नेपाली चलचित्रको नाम हेर्ने हो भने माथिको भनाइ परिवर्तन गरे हुन्छ । ‘सर्ट एन्ड स्वीट’को ठाउँमा ‘लङ एन्ट स्वीट’ ।
चलचित्रका नाम निकै लामालामा राख्न थालिएको छ । कतिपय नाम त निकै लामा दर्शकलाई सम्झिन नै गाह्रो हुनेखालका सम्म हुने गरेका छन् ।
अघिल्लो वर्ष रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’ यस्तै एउटा नाम हो । यो वर्ष रिलिज हुन लागेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागोहरू’ यस्तै लामो नाम भएको अर्का चलचित्र हो ।
केही वर्ष अगाडि रिलिज भएको ‘पण्डित बाजेको लौरी’, ‘म तिमी बिना मरिहाल्छु’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘नाईं नभन्नु ल’, ‘पशुपति प्रसाद २ ? भष्मे डन’ आदि । सिनेमाको नामका अगाडि च्याप्टर एक/दुई जोड्ने त सामान्य भइसकेको छ ।
अघिल्लो दशकसम्म प्राय चलचित्रको नाम एक वा दुई शब्दको हुन्थे । तीन वा शोभन्दा लामो नाम हुँदैन थियो भन्दा पनि हुन्छ । तर, अहिले एउटा शब्दको मात्रै नाम भएको चलचित्र पाउनु बिरलै भइसकेको छ ।
लामो नाम हुँदा सामान्यतया दर्शकलाई झट्ट सम्झिन कठिन हुन्छ । तर, यस्तौ लामो नाम भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले रेकर्ड ब्रेकिङ कलेक्सन गर्यो । ‘नाईं नभन्नु ल’ सिरिज पनि व्यापारिक रुपमा सफल सिरिज हो ।