‘कंगाल करोडपति’को निर्माणको औपचारिक घोषणा

काठमाडौं । चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । सिनेमा पाठशालाको ब्यानरमा ‘कंगाल करोडपति’ निर्माणको घोषणा गरिएको हो ।

चलचित्रमा राजु श्रेष्ठको निर्माण तथा निर्देशन रहनेछ । ‘कंगाल करोडपति’ को निर्माता कैफ खान रहेका छन्त । कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन् ।

चलचित्रमा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् । कार्यकारी निर्माता मनोज केसी रहेका छन् । चलचित्र अन्य कलाकार खोजि कार्य भई रहेको निर्देशक श्रेष्ठले बताए ।

निर्माण टिमका अनुसार चलचित्र फागुन महिनाबाट छायांकनमा जानेछ । एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको अवस्था चलचित्रमा समट्ने निर्माण टिमले बताएको छ ।