अनमोल अभिनीति चलचित्रले पहिलोपटक मनायो प्रदर्शनको ५१औँ दिन

काठमाडौं । अनमोल केसीले पहिलोपटक ५१औँ दिनको सफलताको अनुभव गरेका छन् । उनको चलचित्र ‘जेरी अन टप’ले आज ५१औँ दिन मनाउँदा अनमोलले यो सफलताको नयाँ अनुभव संगाल्न पाएका हुन् ।

यसअघि अनमोल केसी अभिनीत कुनै पनि चलचित्र प्रदर्शनको ५१ दिनसम्म प्रदर्शन भएका थिएनन् । उनको ‘ड्रिम्स’ र ‘ए मेरो हजुर ३’ले राम्रो कमाइ गरे पनि ५१ दिन भने मनाएका थिएनन् ।

बक्सअफिसको तथ्यांकमा पाँच करोडभन्दा माथि कमाउने पनि अनमोलको चलचित्र ‘जेरी अन टप’ नै पहिलो बनेको छ । ‘जेरी अन टप’ले गत शनिबारसम्म सवा १२ करोड ग्रसकलेक्सन गरिसकेको छ ।

‘जेरी अन टप’लाई सुयोग गुरुङले निर्देशन गरेका छन् । अनमोलसँगै यो चलचित्रमा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी र केदार घिमिरे मुख्य भूमिकामा छन् ।

‘जेरी अन टप’ असोज ३१ गतेबाट प्रदर्शनमा आएको थियो । अहिले पनि यो चलचित्र प्रदर्शनरत छ ।