नेपाली चलचित्रको पहिलो खलनायक को हो ?

काठमाडौं । प्रायः हरेक चलचित्रमा नायकसँग जोरी खोज्ने खलनायक हुन्छ नै । फरक यति हो, कुनैमा हेर्दै रिस उठ्दो भीमकाय खलनायक होला, कुनैमा सफ्ट तर वैचारिक द्वन्द्वमा उत्रिने खलपात्र होला ।

एक्सन सिनेमामा शारीरिक रुपमै हेर्दै प्रष्ट चिनिने खलनायक हुन्छन्, सोसल ड्रामामा अलि सफ्ट अथवा शारीरिक रूपमा भन्दा पनि नायकको विचारसँग असहमति राख्ने र त्यसैगरी अवरोध सिर्जना गर्ने खलनायक हुन्छन् ।

खलनायकको कुरा गर्दा नेपाली चलचित्र उद्योगकै पहिलो खलनायक को होला ? पक्कै पनि यसमा पनि चलचित्र ‘आमा’ नै अगाडि आउँछ, जुन पहिलो नेपाली चलचित्र हो ।

प्रथम खलपात्रको रेकर्ड उत्तम नेपालीको नाममा छ । ‘आमा’मा उत्तम प्रसाद कर्माचार्यले खलपात्रको भूमिकामा अभिनय गरेका थिए । त्यसैले यो रेकर्ड उनकै नममा रह्यो ।

‘आमा’मा उत्तम नेपालीले एक स्वार्थी र समाज विरोधी पात्रको भूमिकामा थिए, जो कथाको मूल सन्देशको विरोधमा जाने चरित्र थियो ।

हामीले माथि उल्लेख गरेजस्तै उनको भूमिका स्पष्ट रूपमा खलपात्र नै थिएन तर नकारात्मक थियो । त्यसैले उनी नै नेपाली चलचित्रको इतिहासमा पहिलो खलपात्र हुन् ।

चलचित्र ‘आमा’ वि.सं. २०२२ सालमा रिलिज भएको थियो । यो चलचित्र विसं २०२२ असोज १५ गते पहिलो पटक प्रदर्शनमा आएको थियो । यो चलचित्रलाई भारतीय निर्देशक हिरासिंह खत्रीले निर्देशन गरेका थिए ।
‘आमा’मा भुवन चन्द नायिका थिइन् । शिवशंकर मानन्धर नायक थिए । यी दुईलाई क्रमशः नेपालको पहिलो नायिका र नायक मानिन्छ ।

‘आमा’मा चैत्यदेवी, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय रहेको थियो ।