राजेश हमाल अभिनीत ‘प्रवासी जीवन’को टिजर सार्वजानिक

काठमाडौं । राजेश हमाल अभिनीत चलचित्र ‘प्रवासी जीवन’को टिजर सार्वजनिक गरिएको छ । फागुन १५ देखि प्रदर्शन हुने चलचित्रको सार्वजनिक टिजरमा हमालसँगै कलाकारहरू सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ, दिव्या न्यौपानेलगायत कलाकार फिचर्ड छन् ।

नेपालबाट अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने संघर्षसहितको प्रवासी जीवनको कथा यो सिनेमाले उठाएको निर्देशक श्याम क्षेत्री र राम अधिकारीले बताएका छन् ।

चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक क्षेत्रीले नै तयार गरेका छन् ।

चलचित्रमा राजेश, सरिता र बुद्धीसँगै महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुवेदीलगायका कलाकारको अभिनय छ ।

छायाँकार समेत रहेका निर्माता रविन आचार्य यस फिल्मका निर्माता हुन् । श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको उक्त फिल्मको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।