पहिलो महिला चलचित्र निर्देशक को हुन् ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा रहेका थुप्रै रेकर्डहरूमध्ये एउटा रेकर्ड छ, सुचित्रा श्रेष्ठको नाममा । सुचित्रा नेपाली चलचित्र उद्योगको पहिलो महिला चलचित्र निर्देशक हुन् ।
उनी चलचित्र निर्देशनको आँट गर्ने पहिलो महिला चलचित्र निर्देशक हुन् । सुचित्राले निर्देशन गरेको चलचित्र हो, ‘प्रेम युद्ध’ । ‘प्रेम युद्ध’ नेपाली चलचित्र उद्योगमा महिलाले निर्देशन गरेको पहिलो चलचित्र हो ।
सुचित्राले वि.सं. २०६२ सालमा चलचित्र ‘प्रेम युद्ध’ निर्देशन गरेकी थिइन् । त्यसयता भने थुप्रै महिला निर्देशकले चलचित्र निर्देशन गरिसकेका छन् ।
‘प्रेम युद्ध’मा श्रीकृष्ण श्रेष्ठ, संचिता लुइँटेल, सज्जा मैनाली, विक्रान्त बस्नेतलगायत कलाकारहरूको मुख्य भूमिका थियो ।
त्यसो त सुचित्राकै नाममा अर्को रेकर्ड पनि छ । सूचित्रा चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्ष पनि हुन् । उनले ‘को कसको’ नामक चलचित्र पनि निर्देशन गरेकी छन् ।
दीर्घ गुरुङले खिचेको सिनेमालाई नरेन्द्र खड्काले सम्पादन गरेका थिए । सदिश श्रेष्ठ र चन्दन रोकाले चलचित्र ‘प्रेम युद्ध’मा लगानी गरेका थिए । यो चलचित्र अहिले बुढासुब्बा मुभिज युट्युब च्यानलमा हेर्न सकिन्छ ।



