चलचित्र ‘लालीबजार’लाई खुल्यो प्रदर्शनको बाटो

काठमाडौं । चलचित्र ‘लालीबजार’ प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको बताएका छन् ।

संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको बताएपछि चलचित्र प्रदर्शनको बाटो खुलेको हो ।

“हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,” आदेशमा उल्लेख छ ।

वैशाख १८ गते तोकिएको प्रदर्शन अदालतमा रिट परेकै कारण रोकिएको थियो । बादी समुदायको विषयमा बनेको यो चलचित्रलाई यम थापाले निर्देशन गरेका छन् । कथा पनि उनी स्वयंले लेखेका छन् ।