‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक

काठमाडौं । भदौ ५ देखि प्रदर्शनमा आउने चलचित्र ‘मास्टर्नी’का दुई पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री प्रियंका कार्की निर्माता समेत रहेको चलचित्र ‘मास्टर्नी’को दुईवटा नयाँ पोस्टर सार्वजनिक भएको हो ।

पहिलो पोस्टरमा अभिनेत्री प्रियंका कार्की र सिम्रन खड्का प्रस्तुत छन् । अर्को पोस्टरमा प्रियंका कार्कीसँगै प्रमोद अग्रहरी र सिम्रन खड्का छन् ।

‘मास्टर्नी’मा प्रियंकाको शीर्ष अभिनय पनि रहेको छ । आयंका फिल्मसको प्रस्तुति रहेको ‘मास्टर्नी’ क्राइम–थ्रिलर विधामा बनेको चलचित्र हो ।

शुभेन्दु घोषले निर्देशन गरेको चलचिको कथा प्रियंकाले लेखेकी हुन् । पटकथा शान बस्नेतले तयार पारेका हुन् । संवाद प्रियंका र शानले तयार पारेका हुन् ।

निर्मातामा प्रियंका कार्कीसँगै क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की छन् ।

प्रियंका कार्की, प्रमोद अग्रहरी, सिम्रन खड्का, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, ऋचा शर्मा, अनुपविक्रम शाही, रक्षा थापा, दिनेश काफ्लेलगायत कलाकारहरूको अभिनय छ ।