नेपाली सिनेमा उद्योगको पहिलो चलचित्र लेखक को हो ?

काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा अहिले पनि निर्देशक र निर्माताहरू स्क्रिप्टको खाँचो रहेको बताउँछन् । जतिसुकै खोजे पनि चलचित्रको स्क्रिप्ट नै पाउन कठिन रहेको उनीहरू गुनासो गर्छन् ।

राम्रो स्क्रिप्टको अभावका कारण भनेजस्तो चलचित्र बनाउन नसकेको उनीहरूले बताउँदै आएका छन् । सिनेमा राइटरको अभाव रहेको उनीहरूले बताउने गरेका छन् ।

यही सन्दर्भमा आज बुझौँ नेपालको पहिलो सिनेमा ‘आमा’को राइटर अथवा लेखकबारे ।

नेपालको पहिलो चलचित्र ‘आमा’का लेखक दुर्गा श्रेष्ठ र हिरासिंह खत्री हुन् । तत्कालीन श्री ५ को सरकार प्रचार–प्रसार मन्त्रालयको निर्माणमा नेपालको पहिलो आधिकारिक नेपाली चलचित्र ‘आमा’ (वि.सं २०२२) मा बनेको थियो ।

यसको पटकथा र संवाद लेखनमा दुर्गा श्रेष्ठ र हिरासिंह खत्रीको नाम उल्लेख छ । यो चलचित्रको कथा दुर्गाप्रसाद श्रेष्ठले लेखेका थिए । हिरासिंह खत्रीले संवाद लेखेका थिए ।

श्रेष्ठ र खत्री मिलेर ‘आमा’ को कथा र संवाद तयार पारेका थिए । नेपाली सिनेमाको कथा लेखको जग बसाएको यी दुईलाई श्रेय जान्छ । उनीहरूले २०२० को दशकको सुरुमै सुरु गरेको सिनेमा लेखनमा आजसम्मम पनि अब्बल सिनेमा लेखकको संख्या पर्याप्त नहुनु दुखद् पक्ष हो ।