चलचित्र ‘बेहुली’को रोमान्टिक गीत ‘म भइन भने’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘बेहुली’को नयाँ रोमान्टिक गीत ‘म भइन भने’ सार्वजनिक गरिएको छ । गीतमा गायक सुरेश लामा र गायिका दुर्गा खरेलले आवाज दिएका छन् ।
गीतमा चलचित्रका प्रस्तुतकर्ता समेत रहेका संगीतकार अर्जुन पोखरेलकै शब्द तथा संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उदय राज पौडेलले गरेका हुन् ।
उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको यस गीतको भिडियो भारतका प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थानहरू दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको हो ।
कथाको गहिराइ र दृश्यको मागअनुसार नै गीतको छायांकनका ती स्थानहरू रोजेको चलचित्रका प्रस्तुतकर्ता तथा संगीतकार पोखरेलले बताए । गीतको भिडियोमा मुख्य कलाकारहरू पारस बम ठकुरी र दिव्या रायमाझीको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् । प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह(निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन् ।
भदौ २६ गते रिलिज हुने चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी रहेको छ । सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको यस चलचित्रका सहायक निर्देशक योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना हुन् ।




