‘कंगाल करोडपति’को शुभ-मुहूर्त

काठमाडौं । चलचित्र ‘कंगाल करोडपति’को शुभ-मुहूर्त गरिएको छ ।

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने चलचित्रको शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको हो ।

निर्माण पक्षले मुहूर्त कार्यक्रममा हालैको रसुवा, नुवाकोट र धादिङमा भएको प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडितको उद्धार र राहतका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने यस चलचित्रमा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारको अभिनय रहनेछ ।

सामाजिक तथा पारिवारिक विषयवस्तु रहने चलचित्रको छायाकंन भदौ २९ गतेदेखि हुने निर्माण टिमले बताएको छ ।

अनिल कुमार बुढाथोकी निर्माता रहेको चलचित्रका सह-निर्मातामा अश्विन बराल, दिपेश तिरुवा तथा प्रविन राई रहेका छन् । त्यसैगरी, लाइन प्रोड्युसरमा रिता श्रेष्ठ तामाङ र सुरज कुमार रहेका छन् ।

सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने संवाद तथा पटकथा चानस पुन मगरले लेखेका हुन् ।

चलचित्रमा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत रहनेछ भने नृत्य निर्देशन प्रदीप लामाले गर्नेछन् ।

यस्तै, जीवन गौतम मुख्य सहनिर्देशक रहेको फिल्ममा निर्माण नियन्त्रक सरोज श्रेष्ठ र कला निर्देशक सुदीप अधिकारी रहेका छन् ।