‘फर्की फर्की २’ निर्माण गर्दै रोहित, अनमोल फाइनल
काठमाडौं । निर्माता रोहित अधिकारीले चलचित्र ‘फर्की फर्की २’ निर्माण गर्ने भएका छन् । २०८१ जेठ १० प्रदर्शन भएको सफल सिनेमा ‘फर्की फर्की’को सिक्वेलका रुपमा उनले ‘फर्की फर्की २’ बनाउन लागेका हुन् ।
‘फर्की फर्की २’का लागि अनमोल केसीलाई उनले साइन गराइसकेका छन् । निर्देशक पनि सुयोग गुरुङ नै रहनेछन् । अनमोलसँग रोहितको उनको यो तेस्रो सहकार्य हुनेछ । यसअघि उनले अनमोलसँग ‘फर्की फर्की’ र ‘गाजलु’मा काम गरिसकेका छन् ।
‘फर्की फर्की २’मा जसिता गुरुङ भने रहनेछिन् कि छैनन् उनले खुलाएका छैनन् ।
तर, यो सिनेमा अगाडि रोहितले अर्को एउटा लभस्टोरी सिनेमा बनाउनेछन् । त्यसका लागि उनले तयारी सुरु गरिसकेका छन् । जसमा पल शाह फाइनल भइसकेका छन् ।
रोहितको निर्माण रहेको चलचित्र ‘छ माया छपक्कै २’ यही दशैँमा रिलिज हुँदैछ ।




