‘पेन्सन पट्टा’ले ७ करोड कमाउँदा ‘झिंगेदाउ’ले कति कमायो ?
काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ले सुखद् व्यापारलाई निरन्तरता दिएको छ । ‘पेन्सन पट्टा’ल ७ करोड १ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
भदौ २६ गते रिलिज भएको सिनेमाले घरेलु बक्सअफिसमा ७ करोडको आकडा पार गरेको हो ।
सशन कँडेलको सशान कँडेलको निर्देशन रहेको चलचित्र ‘बेहुली’ले २ करोड ९६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा पारस बम ठकुरी र दीब्या रायमाझी मुख्य भूमिकामा छन् । निर्माता संगीतकार अर्जुन पोखरेल हुन् ।
ज्ञानेन्द्र देउजा निर्देशक रहेको चलचित्र ‘झिंगे दाउ’ले १० दिनमा १ करोड ३४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, आँचल शर्मा र कुशल विष्ट मुखय भूमिकामा छन् ।
‘कार्की साइँला’ले ५ लाख ७८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन् । राजेन्द्र बस्नेतले निर्देशन गरेका छन् ।
‘माया बस्छ कि के हो’ले २३ हजार ६६० रुपैयाँ ग्रसकलेकसन गरेको छ । सोनाल लामा र कस्मता निरौला प्रमुख भूमिकामा छन् । राजु अधिकारीले निर्देशन गरेका छन् ।
‘एलिफेन्ट्स इन द फग’ले १ करोड २५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अविनास विक्रम शाहले निर्देशन गरेको चलचित्रमा पुष्पा थिङ मुख्य भूमिकामा छिन् ।
चलचित्र ‘पार्वती’ले २ करोड २८ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । नीता ढुंगानाको निर्देशन रहेको चलचित्रमा नीता र अशोक दर्जी मुख्य भूमिकामा छन् ।
वर्षकै ब्लकबस्टर सिनेमा ‘गौँथली’ले २५ करोड ९५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।



