‘कंगाल करोडपति’ फ्लोरमा
काठमाडौं । राजु श्रेष्ठको निर्देशन रहने चलचित्र ‘कंगाल करोडपति’को छायांकन सुरु भएको छ । मंगलबारदेखि गोकर्णबाट छायांकन सुरु गरिएको हो ।
निर्माण पक्षका अनुसार राजधानीमा चार दिन छायांकन गरेपछि फिल्मको टोली चितवन जानेछ । फिल्मको छायांकन ३५ दिनमा पूरा गर्ने तयारी छ ।
प्रविण आचार्यको प्रस्तुति रहने चलचित्रमा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकार देखिनेछन् ।
सामाजिक तथा पारिवारिक कथामा बन्ने फिल्मका निर्माता अनिल बुढाथोकी हुन् । अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माता छन् ।
फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका छन् । पटकथा तथा संवाद चानस पुन मगरको हो । रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन् ।
हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ । संगीत एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको रहनेछ ।
जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा फिल्ममा जोडिएका छन् ।





