हलमा रहेका नौ वटा चलचित्रमा कसले कति कमाए ?

काठमाडौं । घरेलु बक्सअफिसमा गत शुक्रबार रिलिज भएका चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।

सार्वजनिक रिपोर्टअनुसार ‘बा: एक योद्धा’ले १० दिनमा एक करोड ९३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘बा: एक योद्धा’ हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र हो । सन्तानका लागि बाबुआमाले गर्ने संघर्ष र त्याग नै यो चलचित्रको मुख्य कथा हो ।

‘बा: एक योद्धा’मा दिव्यदेव पन्त, सुहाना थापा, झरना थापा, अनिल बुढाथोकीलगायत कलाकार मुख्य भूमिकामा छन् ।

चलचित्र ‘आचार्य’ले १० दिनमा एक करोड ५६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

‘आचार्य’लाई निखिल उप्रेतीले निर्देशन गरेका छन् । मुख्य भूमिकामा निखिलसँगै पूर्णिका सिजापती, प्रमोद अग्रहरि तथा भारतीय कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्र ‘जदौ’ले दश दिनमा १३ लाख ९८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसलाई तीन हजार ८६७ दर्शकले हेरेको तथ्यांक छ ।

अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको ‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मालगायत कलाकारको अभिनय छ ।

अभिनेता तथा निर्देशक माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पेन्सन पट्टा’ले हालसम्म ९ करोड १३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

सशन कँडेलको सशान कँडेलको निर्देशन रहेको चलचित्र ‘बेहुली’ले २ करोड ९९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा पारस बम ठकुरी र दीब्या रायमाझी मुख्य भूमिकामा छन् । निर्माता संगीतकार अर्जुन पोखरेल हुन् ।

ज्ञानेन्द्र देउजा निर्देशक रहेको चलचित्र ‘झिंगे दाउ’ले १ करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा केकी अधिकारी, महेश त्रिपाठी, आँचल शर्मा र कुशल विष्ट मुखय भूमिकामा छन् ।

‘एलिफेन्ट्स इन द फग’ले १ करोड २७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अविनास विक्रम शाहले निर्देशन गरेको चलचित्रमा पुष्पा थिङ मुख्य भूमिकामा छिन् ।

चलचित्र ‘पार्वती’ले २ करोड २९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । नीता ढुंगानाको निर्देशन रहेको चलचित्रमा नीता र अशोक दर्जी मुख्य भूमिकामा छन् ।

वर्षकै ब्लकबस्टर सिनेमा ‘गौँथली’ले २६ करोड एक लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।