सन् २०२४: बलिउड सिनेमाका लागि खासै चमक नदेखिएको वर्ष, ठूला बजेटका सिनेमा फ्लप

काठमाडौं । इस्वी संवत २०२४ सकिनै लागेको छ । यो वर्ष बलिउड चलचित्र उद्योगका लागि मिश्रित अनुभवले भरिपूर्ण रह्यो । यस वर्ष बलिउडमा ठूला बजेटका धेरै चलचित्र प्रदर्शनमा आए, तर तीमध्ये धेरैले बक्स अफिसमा दर्शकको मन जित्न सकेनन् ।

बलिउडमा सन् २०२४ मा यस वर्ष ठूला बजेटका धेरै चलचित्र हलमा रिलिज भए । तर, केही सिनेमाको जादुले बक्स अफिसमा काम गरे । त्यसैले कतिपय चलचित्रहरु फ्लप साबित भए । वर्षभरि बलिउडले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न नसके पनि केही साना बजेटका चलचित्रले सकारात्मक प्रतिक्रिया बटुल्न सफल रहँदा केही ठूला बजेटका सिनेमाहरूको लागि चुनौतीपूर्ण रह्यो ।

विशेषगरी, ठूला बजेटका केही चलचित्रहरू सामग्री र प्रस्तुतीकरणको कारण दर्शकलाई प्रभावित गर्न असफल भए । यसमा धेरै ठूला चलचित्रहरू समावेश छन्, जसको जादू बक्स अफिसमा चल्न सकेन । सोही अनुसार यहाँ केही चर्चित सिनेमाहरूको चर्चा गरिएको छ, जुन फ्लप साबित भए ।

‘जिगरा’
अभिनेत्री आलिया भट्ट अभिनीत चलचित्र ‘जिगरा’ बाट फ्यानहरुले धेरै अपेक्षा गरेका थिए, बक्स अफिस र फ्यानहरुको मनमा आफ्नो जादु चलाउन सकेन । कसैले पनि सोचेको थिएन कि उनको यस्तो भाग्य हुनेछ । यो चलचित्र ८० करोडको बजेटमा बनेको थियो । यसले विश्वव्यापी बक्स अफिसमा ३१.९८ करोड मात्रै कमाएको थियो ।

‘बडे मियाँ छोटे मियाँ’
ईदको अवसरमा अक्षय कुमार र टाइगर श्राफको बडे मियाँ छोटे मियाँ आएको थियो । चलचित्र ‘बडे मियाँ छोटे मियाँ’ वर्षकै ठूला बजेट (३५० करोड) को सिनेमामध्ये एक थियो । तर, यसले बक्स अफिसमा केवल १११.४९ करोड मात्रै कमाउन सफल भयो । एक्शनले भरिपूर्ण यो चलचित्र निकै फ्लप साबित भयो ।

‘विक्की विद्या का वो वाला वीडियो’
अभिनेता राजकुमार राव र अभिनेत्री तृप्ति डिमरी अभिनीत चलचित्र ‘विक्की विद्या का वो वाला वीडियो’ ले पनि खासै प्रभाव पार्न सकेन । ३० करोडको लागतमा बनेको यस चलचित्रले ४१.९३ करोड कमाए पनि अपेक्षाभन्दा कमजोर रह्यो ।

‘मिस्टर एन्ड मिसेस माही’
अभिनेत्री जान्हवी कपूर र अभिनेता राजकुमार रावको मुख्य भूमिका रहेको चलचित्र ‘मिस्टर एन्ड मिसेस माही’ ले दर्शकको मन जित्न सकेन । ४० करोडको बजेटमा बनेको यो चलचित्रले केवल ३५.५५ करोड मात्रै कमाउन सक्यो।

जान्हवी कपूर र राजकुमार रावको चलचित्रको जादू फ्यानमा खासै चलेन ।

‘अरों मे कहाँ दम था’
अभिनेत्री तब्बु र अभिनेता अजय देवगन अभिनीत चलचित्र ‘अरों मे कहाँ दम था’ पनि फ्लप सूचीमा पर्‍यो । सय करोडको बजेटमा निर्माण भएको यो चलचित्रले केवल १५.७९ करोडको व्यापार गर्न सक्यो ।

‘अरों मे कहाँ दम था’ ले पनि बक्स अफिसमा सोचे जस्तो जादू देखाउन सकेन ।

‘मैदान’
अजय देवगनको अर्को चलचित्र ‘मैदान’ पनि यो वर्ष फ्लप साबित भयो । चलचित्रको बजेट २ सय ३५ करोड थियो । यस चलचित्रले बक्स अफिसमा ५३.०३ करोड मात्रै कमाउन सक्यो ।

‘सिंघम अगेन’
दीपावलीको अवसरमा अजय देवगनले बिग बजेटको फिल्म ‘सिंघम अगेन’ ल्याएका थिए । ठूला स्टारकास्ट भएको यो फिल्मबाट फ्यानले ठूलो अपेक्षा गरेका थिए । तर यो चलचित्रले अपेक्षाअनुरुप चल्न सकेन र बजेट पनि पूरा गर्न सकेन । ३७५ करोडमा बनेको यो चलचित्रले २४६ करोड मात्रै व्यापार गर्न सक्यो ।

‘कंगुवा’
साउथ स्टार सूर्याको चलचित्र ‘कंगुवा’को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । तर जब यो सिनेमा आयो, यो फ्लप साबित भयो र ३५० करोडमा बनेको यो चलचित्रले १८ दिनमा मात्र १०५ करोड मात्रै कमाउन सक्यो ।

‘इन्डियन २’
दिग्गज अभिनेता कमल हासन आफ्नो उत्कृष्ट अभिनयका लागि चिनिन्छन् तर उनले पनि ‘इन्डियन २’ मा केही अचम्मको काम गर्न सकेनन् । २५० करोडमा बनेको यो चलचित्रले १५१ करोड मात्रै कमाउन सकेको थियो ।