‘पुष्पा २’ले ऐतिहासिक सफलता पाउँदा अल्लु अर्जुनले किन पाएनन् जश ?

‘पुष्पा २’को ऐतिहासिक सफल, अल्लु अर्जुन किन छन् मौन ?

काठमाडौं । भारतीय सिनेमा इतिहासमा नयाँ कीर्तिमान स्थापित गर्दै अल्लु अर्जुन अभिनीत चलचित्र ‘पुष्प २ : द रुल’ ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पुष्पा २’ले कमाइका हिसाबले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ ।

साउथ सिनेमा ‘पुष्पा २’ ले बक्सअफिसमा यस्तो धमाका मचाएको छ र यो अझै रोकिएको छैन । चलचित्र चौथो हप्तामा प्रवेश गरिसकेको छ । यो चलचित्रले हाल १२ सय करोड भारुको आँकडा पार गर्ने तयारी गरिरहेको छ ।

अभिनेता अल्लु अर्जुनको करियरको सबैभन्दा ठूलो यो हिट मात्र होइन, भारतीय सिनेमाको सबैभन्दा सफल फिल्मका रूपमा समेत चिनिएको छ ।

तर, यस्तो ठूलो सफलताको बावजुद अभिनेता अल्लु अर्जुन उत्सव मनाउनबाट परहेज गरिरहेका छन् ।

फिल्मले १ हजार करोड भारु कमाएपछि निर्माण पक्षले एउटा भव्य पार्टी आयोजना गर्ने योजना बनाएको थियो । तर, अल्लु अर्जुनले उक्त योजना रद्द गरिदिएका छन् । स्रोतका अनुसार, अल्लु अर्जुन यतिबेला उत्सव मनाउने मुडमा छैनन् ।

किन मौन छन् अल्लु अर्जुन ?

रिपोर्टका अनुसार, फिल्मको सफलता भए पनि मिडिया र सरकारबाट भइरहेको आलोचनाले अल्लु अर्जुन निराश छन् । यसै कारण, उनले मुम्बईमा आयोजना हुने प्रमोशनल कार्यक्रम पनि रद्द गरेका छन् । अल्लु अर्जुनले यो समय व्यक्तिगत र सार्वजनिक उत्सवका लागि उपयुक्त नभएको बताएका छन् ।

‘पुष्पा २’ ले बक्सअफिसमा अभूतपूर्व व्यापार गरेको छ । नयाँ वर्षको बिदाका कारण चलचित्रले फाइदा पाएको छ । २८ दिनभित्रै ११८४.६५ करोड कमाउँदै, फिल्मले चौथो हप्तामा पनि १३.१५ करोड कमाएको छ । जसमध्ये ९ करोड हिन्दी मात्रै र ३.२५ करोड तेलुगुबाट मात्रै छ । २९ औँ दिनको प्रारम्भिक ट्रेन्ड हेर्ने हो भने फिल्मले करिब ३ करोडको कलेक्सन गरेको छ ।

‘पुष्पा २’ ले पहिलो साता ७२५.८ करोड, दोस्रो हप्ता २६४.८ करोड र तेस्रो साता १२९.५ करोड भारु कमाएको थियो । हिन्दी संस्करणमा ‘पुष्प २’ले ७७४.६५ करोड भारु कमाएको थियो भने तेलुगु संस्करणले ३३०.५३ करोड कमाएको थियो । तमिल, मलयालम र कन्नड संस्करणले २८ औं दिन ५७.६५ करोड, १४.१४ करोड र ७.६८ करोड रुपैयाँ भारु कमाएको थियो । यसअनुसार भारतमा फिल्मको कुल नेट कलेक्सन ११८७.७७ करोड भारु पुगेको छ ।

अल्लु अर्जुनको फिल्मको यो क्रेज हो कि फ्यानमा यो फिल्मको क्रेज घटिरहेको छैन । मानिसहरु अहिले फिल्मप्रति पागल छन् र यो समयमा अरु कुनै फिल्म नभएकाले त्यसको पूरा फाइदा उठाइरहेको छ ।

यता, भारतको सबैभन्दा ठूलो हिट फिल्म दिएर पनि अल्लु अर्जुनले आफ्नो लोकप्रियताको मूल्य चुकाउनु परिरहेको अनुभूति गरेका छन् । उनले व्यक्तिगत समस्याका कारण यो सफलता मनाउन समय नभएको संकेत दिएका छन् ।

फिल्मको सफलता र यसले पारेको प्रभावले भारतीय सिनेमा उद्योगमा नयाँ छलफलको विषय बनाएको छ । प्रशंसकहरूले भने, आफ्नो मनपर्ने अभिनेताले यस्तो समय चाँडै पार गर्ने अपेक्षा गरेका छन् ।