‘महाराजधिराज’मा अब पल शाह नरहने, कसले रिप्लेस गर्यो उनलाई ?

काठमाडौं । चलचित्र ‘महाराजधिराज’बाट कलाकार पल शाह निष्कासित भएका छन् । मुख्य भूमिकाका लागि अनुबन्ध भएका उनी यो टिमबाट निष्कासित भएका हुन् ।
पलसँगको आधिकारिक सम्झौताको अन्त्य गरेको निर्माणपक्षले जनाएको छ । उनको तस्बिर राखेर निर्माणपक्षले फर्ष्ट लुक्स सार्वजनिक गरेको थियो । अन्तिममा आएर पल र निर्माणपक्षबीचको सम्झौता अन्त्य भएको हो ।
पसँगको सम्झौता छत्रेश्वरी म्यानेजमेन्टले अन्त्य गरिएको निर्देशक र प्रस्तुतकर्ताले जानकारी दिएका छन् ।
“यस पत्रमार्फत निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट र यहाँबीच चलचित्र महाराजधिराज निर्माणका लागि मिति २०८१ कात्तिक १४ गते भएको सम्झौतालाई दुवै पक्षको आपसी सहमतिमा आजका मितिदेखि औपचारिक रूपमा अन्त्य गरिएको जानकारी गराउन चाहन्छौँ,” विज्ञप्ति जारी गर्दै प्रस्तुतकर्ता विराज विष्टले भनेका छन्, “यस सम्झौताको अन्त्यसँगै, अब यस विषयलाई लिएर दुवै पक्षबाट कुनै पनि प्रकारको कुराकानी हुने वा गरिने छैन । तेस्रो पक्षबाट आउने प्रश्नहरूको विषयमा दुवै पक्षले कुनै पनि उत्तर दिने छैनौं ।”
यदि कुनै पक्षबाट यो विषयलाई उचालेर आर्थिक वा सामाजिक हानि–नोक्सानी हुन गएमा सोको जिम्मेवारी सम्बन्धित पक्षले व्यहोर्ने दुवै पक्षले सम्झौता गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
पलको ठाउँमा को कलाकार अनुबन्ध हुनेछन् भन्नेबारे निर्माणपक्षले खुलाएको छैन ।
परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको ‘महाराजधिराज’मा उषा रजक, आर्यन सिक्देल, रमेश उप्रेती, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, जयकिशन बस्नेत, गजित विष्ट, आशा पौडेललगायत कलाकार रहने छन् ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् भने छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा कथा निर्देशक सेन स्वयंको लेखेका छन् । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।
‘महाराजधिराज’का निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।
‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ ।