‘लालीबजार’को मुख्य भूमिकामा केकी अधिकारी

काठमाडौं । चलचित्र ‘लालीबजार’ले कलाकार छनोटको काम सुरु गरेको छ । स्क्रिप्टलाई फाइनल टच दिइरहेको निर्माण टिमले कलाकार छनोट पनि सुरु गरेको हो ।

चलचित्रको मुख्य भूमिकामा केकी अधिकारी फाइनल भएकी छन् । स्रोतका अनुसार निर्माण टिमले नाम सार्वजनिक नगरे पनि उनी यो चलचित्रमा अनुबन्ध भइसकेकी छन् ।

‘लालीबजार’को चलचित्रका लेखक तथा निर्देशक यम थापा रहेका छन् । चलचित्रलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् । कार्यकारी निर्मातामा निर्देशक प्रदीप भट्टराई छन् ।

चलचित्रको छायांकन दसैँपछि गरिनेछ । ‘लालीबजार’लाई षट्कोण आट्र्सले निर्माण गर्न लागेको हो ।