महिला निर्माता रहेको पहिलो चलचित्र कुन हो ?
काठमाडौं । चलचित्र ‘जुनी’सँग पनि एउटा गज्जबको रेकर्ड छ । २०४० को दशकको सुरुमा बनको यो चलचित्रका नाममा निर्मातासँग सम्बन्धित रेकर्ड छ ।
‘जुनी’मा निर्माता महिला छन् । अथवा यो चलचित्र महिला निर्माताले बनाएको चलचित्र हो । र, ‘जुनी’ नै नेपालको इतिहासमा पहिलोपटक महिला निर्माताले बनाएको चलचित्र हो ।
‘जुनी’मा मञ्जु राणको लगानी रहेको थियो । यसअर्थमा नेपाली चलचित्रको पहिलो महिला निर्माता मञ्जु राणा हुन् ।
‘जुनी’ वि.स. २०४० साल वैशाख १ गते प्रर्दशनमा आएको थियो । यो चलचित्रमा भुवन केसी, मिनाक्षी आनन्द, गौतमरत्न तुलाधर बलमानसिं स्वार आदि कलाकार हरूको अभिनय रहेको छ ।
‘जुनी’सँगै अर्को रेकर्ड पनि छ । र, त्यो हो, भुवन केसीको पहिलो चलचित्र । यही चलचित्रबाट उनले अभिनय यात्रा सुरु गरेका थिए । यसअघि उनी गायक थिए । पछि यही ‘जुनी’बाट अभिनय यात्रा सुरु गरेका भुवन नेपाली चलचित्र उद्योगका सुपरस्टार बने । यो चलचित्रमा भुवन विक्रमको भूमिकामा छन् । मिनाक्षी जुनीको भूमिकामा थिइन् ।
‘जुनी’ लाई शरद पालेकरले निर्देशन गरेका थिए ।



