चलचित्र ‘मितज्यू’को हिरो को, भिलेन को हो ?
काठमाडौं । चलचित्र ‘मितज्यू’ यही जेठ ८ गतेबाट प्रदर्शनमा आउँदा सौगात मल्ल र दयाहाङ राई एकसाथ देखिँदै छन् । यी दुवै कलाकार सिनेमाको मुख्य भूमिकामा छन् । दुवै हरेक सिनेमामा नायकको भूमिकामा काम गर्दै आएका अभिनेता हुन् ।
समान्यतया, दयाहाङ र सौगात भिलेनको भूमिकामा देखिँदैनन् । दुवै मुख्य भूमिका हिरोको रोलमा देखिँदै आएका कलाकार हुन् । त्यसो भए, ‘मितज्यू’को हिरो को हो रचलचित्र ‘मितज्यू’को हिरो को, भिलेन को हो ? यो सिनेमाको ट्रेलर हेरेपछि हरेक दर्शकको मनमा उठ्ने प्रश्न हो । उनीहरूबाहेक ट्रेलरमा अर्को भिलेन पनि देखिएको छैन ।
ट्रेलर हेर्दा उनीहरू समानान्तर भूमिकामा रहेको देखिन्छ । एकअर्काबीच टसल पनि देखिन्छ । त्यसैले यी दुई कलाकारमध्ये दुईमध्ये एक हिरो र अर्को थोरै भए पनि ग्रे जोनमा त देखिनै पर्छ । त्यसो भए हिरो को र ग्रे जोनमा दया कि सौगात छन् त भन्ने अर्को प्रश्न पनि उठ्छ ।
“अहिले नै दयाहाङ हिरो कि सौगात भनेर खुलायो भने सायद मजा आउँदैन । यो सस्पेन्स खुलायो भने सिनेमा हेर्दा दर्शकलाई रमाइलो हुँदैन,” मितज्यूका निर्देशक अनिल बुढा मगर भन्छन्, “दुवैजना नेपाली सिनेमा उद्योगका पहिलो रोजाईका कलाकार हुनुहुन्छ, उहाँहरूले स्क्रिप्ट हेरेर चलचित्रमा कसरी ओके गरेर खेल्नुभयो भन्ने पनि सायद सिनेमा हेरेपछि थाहा हुन्छ ।”
यो चलचित्रमा दयाहाङ र सौगात मितमितको भूमिकामा छन् । उनीहरूकै कारण अहिले यो चलचित्र दर्शकमाझ प्रतिक्षित बन्दै गएको छ ।
दयाहाङ र सौगातसँगै ‘मितज्यू’को मुख्य भूमिकामा तेरिया मगर छिन्, जो आफैँमा कुशल नृत्यमार्फत सारा भारत वर्षलाई मोहित बनाउने नृत्यंगना हुन् । उनको यो डेब्यु सिनेमा हो । ट्रेलरमा देखिएको उनको अभिनयले यतिबेला दर्शकको ध्यान खिचिरहेको छ ।
चलचित्र ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राईसँगै तेरिया मगर मुख्य भूमिकामा छन् । सौगात, दयाहाङ र तेरियासँगै यो चलचित्रमा खड्गबहादुर पुन मगर, शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहेको छ ।
जनक घर्ती मगरले निर्माण गरेको चलचित्रलाखई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । शिशिर बिशंखेको सिनेमेटोग्राफी रहेको छ ।




