यो तीजमा विष्णु माझीको गीत नआउने हो ?
काठमाडौं । तीज नजिकिँदै जाँदा गायकगायिकाहरू तीजका गीत रेकर्ड गर्न थालेका छन् । हुन त केही वर्षअघि यतिबेला कतिपयका तीजका गीत सार्वजनिक भइसक्थे । तर, गत वर्षदेखि धेरै अघि पनि तीजका गीत आउनेक्रम रोकिएको छ भने ठूलो संख्यामा तीजका गीत पनि सार्वजनिक हुन छाडेका छन् ।
जो नियमित रूपमा तीजका गीत निकाल्दै आएका छन्, उनीहरूका गीत भने आउने गरेका छन् । विष्णु माझी, सुनिता दुलाल र राधिका हमालजस्ता गायिका जो हरेक वर्ष तीजका गीत सार्वजनिक गर्दै आएका छन् ।
यो वर्ष तीजको केही महिना अगाडि विष्णु माझीको लोक गीत बजारमा आयो । वर्षमा एकपटक तीजमा तीज गीत मात्रै ल्याउँदै आएकी उनले यो पटक तीज अघि नै गीत आयो ।
वर्षमा एक पटक मात्रै एउटा गीत ल्याउने विष्णुले यो पटक तीज गीत आउँछ कि आउँदैन भन्ने चासो धेरैमा छ । एक महिना अघि रिलिज भएको गीत त्यति धेरै चलेन । चर्चा पनि भएन ।
विष्णु माझीका गीत भन्न बित्तिकै बजारमा व्यग्र प्रतिक्षा हुन्छ भन्ने थियो । युट्युबमा ऐतिहासिक भ्युज आउँछ भन्ने थियो । भ्युजमा नयाँ रेकर्ड बन्छ भन्ने थियो । तर यो पटकको गीत त्यस्तो देखिएन । युट्युबमा गीत सुस्त सुस्त गतिमा अगाडि बढिरहेको छ ।
यो गीतमा देखिएको भ्युज र नगन्य चर्चाले कतै विष्णु माझी यो पटक तीजमा गीत नल्याउने त होइनन् । तीजको गीत पनि चलेन भने कतै भइरहेको चर्चा र क्रेज पनि सकिने त होइन भनेर यो तीजमा उनको गीत नै नआउने त होइन ?
क्रेज कै लागि उनी भूमिगत जस्तै रहने गरेको धेरैको अनुमान छ । क्रेजकै लागि सार्वजनिक जीवन नज्युने उनलाई एउटा गीत नचलेका बेला फेरि तत्कालै अर्को गीत ल्याउँदा त्यो पनि चलेन भने ओरालो यात्रा सुरु हुनेछ भनेर तीज गीतमै यो पटक ब्रेक नलाग्दा भन्न चाहिँ सकिन्न ।
विष्णु माझीको स्वरमा चार हप्ता अगाडि ‘झोर्ले हजुर’ बोलको गीत सार्वजनिक भएको थियो । विष्णु माझी र गायक बाबुकृष्ण परियारको स्वर रहेको ‘झोर्ले हजुर’ गीतमा रमेश बिजीको शब्द रहेको थियो ।


