६ सय २१ जनाले हेरे चलचित्र ‘जाँड’, ‘रोल नं. १’ले थप दुई लाख कमायो
काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रहरूको पछिल्लो बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।
बोर्डले ‘रोल नं. १’ र ‘जाँड’ को आइतबारसम्मको कमाइ विवरण सोमबार सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो आइतबारसम्मको अवधिमा गत जेठ १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रोल नं १’ ले १ करोड ७७ लाख ६ हजार ५८३ रूपैयाँ ग्रस कमाइ गरेको छ ।
सिनेपाः बक्स अफिस तथ्यांक अनुसार यो चलचित्रका हालसम्म ७० हजार ६ सय ७४ वटा टिकट बिक्री भएका छन् ।
यो चलचित्रले अघिल्लो सातासम्म १ करोड ७४ लाख ८५ हजार ६५८ रूपैयाँ ग्रस कलेक्सन गरेको थियो । यो अवधिमा चलचित्रका ६९ हजार १६६ वटा टिकट बिक्री भएका थिए ।
यस्तै, असार १२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जाँड’ को व्यापार भने औसत देखिएको छ । यसले हालसम्म १ लाख २६ हजार ५ रूपैयाँ ग्रस कमाएको छ । यो अवधिमा चलचित्रका ६ सय २१ वटा टिकट बिक्री गर्न सफल भएको विवरणमा उल्लेख छ ।
राजु शाह निर्देशित चलचित्र ‘जाँड’ले गत साताको आइतबारसम्म ५ सय ६९ वटा टिकट बिक्री हुँदा १ लाख १६ हजार ६४५ रूपैयाँ मात्र ग्रस कमाइ गरेको थियो ।
| चलचित्र | कुल कमाइ (आइतबारसम्म) | कुल टिकट बिक्री | पछिल्लो साताको कमाइ | पछिल्लो साता बिक्री टिकट |
| रोल नं. १ | रु. १,७७,०६,५८३ | ७०,६७४ | रु. २,२०,९२५ | १,५०८ |
| जाँड | रु. १,२६,००५ | ६२१ | रु. ९,३६० | ५२ |


