‘पार्वती’को गीत ‘मेरो दिदी’मा दिदी भाइको माया

काठमाडौं । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ ।

गीतमा बाबुल गिरीको शब्द संगीत तथा स्वर रहेको छ । स्वर अशोक दर्जीको पनि छ ।

उनी यस फिल्मको अभिनेता पनि हुन् ।

सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीले अभिनय गराइएको छ । गीतले दिदी भाइको माया छ ।

नीता ढुङ्गानाकै निर्देशनमा बनेको चलचित्रको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन् । नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ ।

निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ ।

फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन् ।