‘पार्वती’को गीत ‘भगवान सबैको होइन र’ सार्वजनिक
काठमाडौं । हलमा प्रदर्शनरत चलचित्र ‘पार्वती’मा समावेश गीत ‘भगवान सबैको होइन र’रिलिज भएको छ । निर्माण टिमले फिल्म दोस्रो हप्तामा प्रवेश गरेसँगै प्रचारप्रसार स्वरुप अर्को गीत रिलिज गरेको हो ।
गीतको भिडियोमा फिल्मको मुख्य भूमिकामा रहेकी नीता ढुङ्गाना प्रस्तुत भएकी छन् । मार्मिक गीतको भाव बुनिएको यो गीतमा भगवना सबैको होइन र, म अरु जस्तै होइन जस्ता शब्द बुनिएको छ ।
सार्वजनिक गीतमा ममता गुरुङको स्वर रहेको छ भने गीतलाई प्रशान्त सिवाकोटीले संगीत भरेका छन् । शब्द रचना युवराज काफ्लेको छ ।
नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको यस फिल्मको कथा उनैको हो भने स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।
फिल्ममा निर्देशक नीताका अलवा अशोक दर्जी,दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको अभिनय गरेका छन् ।




