‘१२ गाउँ २’ आउनुअघि युट्युबमा आयो पहिलो भाग

काठमाडौं । अभिनेता विराज भट्ट र समीर भट्टको ब्लकबस्टर चलचित्र ‘१२ गाउँ’ अब युट्युबमा रिलिज भएको छ । हलमा प्रदर्शन भएको करिब दुई वर्षपछि शुक्रबार चलचित्र युट्युबमा सार्वजनिक गरिएको हो ।

२०८१ को बडादसैंको फूलपातीमा रिलिज भएको ‘१२ गाउँ’ले घरेलु बक्स अफिसमा झन्डै २० करोड रूपैयाँ कमाउँदै व्यावसायिक सफलता हासिल गरेको थियो ।

यस चलचित्रमार्फत विराज भट्टका छोरा समीर भट्टले कलाकारका रूपमा रजतपटमा डेब्यु गरेका थिए । विराज भट्ट निर्देशीत यस चलचित्रले घरेलु बक्स अफिसमा यो चलचित्रले झन्डै २० करोड रूपैयाँ ग्रस कमाइ गरेको थियो ।

हल प्रदर्शनमा ठूलो चर्चा कमाउनुका साथै व्यावसायिक रूपा पनि ठूलो कमाइ गरेको यो चलचित्रले बक्स अफिसमा १९ करोड ९२ लाख रुपैयाँ ग्रस गरेको थियो ।

‘१२ गाउँ’को सिक्वेल ‘१२ गाउँ २’ यही दसैंमा हलमा प्रदर्शनमा आउँदैछ । निर्माण टिमले सिक्वेल रिलिजको झन्डै एक महिनाअघि नै पहिलो भाग युट्युबमा रिलिज गरेको छ ।

‘१२ गाउँ’मा विराज र समीरसँगै सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, न्यान्सी खड्का, सानिशा भट्टराई, नरेन खड्का, स्टन्ट सिल्भा, सन्तोष सरकार, कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, कृष्ण भट्ट, कालु राना, अर्जुनजंग शाहीलगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रमा विराज र समीरसँगै भारतीय अभिनेत्री सोनु चन्द्रपाल, दिया मास्के, मुरलीधर, सनिशा भट्टराई, न्यान्सी खड्का, नरेन खड्का, कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, अर्जुनजंग शाही, कालु राना लगायतका कलाकारहरूको अभिनय छ ।

विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ २’ मा निर्देशक भट्ट स्वयंका साथमा समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारहरूको अभिनय छ ।