‘आ बाट आमा–२’को टिजरमा के छ ?

काठमाडौं । चलचित्र ‘आ बाट आमा २’को टिजर सार्वजनिक भएको छ । ३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा कृष्ण (पल शाह)को प्रेम देखि आमाप्रतिको मायासम्म छ ।

मलिका महतसँगको पलको प्रेम रहेको टिजरमा प्रेमिकासँगको प्रेम र आमालाई गर्ने अघाद स्नेहसम्म छ ।

असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले आमा (बिपना थापा) र छोरा पलबीचको कथालाई अगाडि बढाएको छ ।

टिजरमा तीन जना मात्रै अटाएका छन् । चलचित्रमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलीप अखेडालगायतको मुख्य भूमिका छ ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रमा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् । संवाद लेखन रोशन भट्टले गरेका हुन् ।

फिल्मका कार्यकारी निर्माता करण सिंह हुन् । नवराज उप्रेतीको छायांकन डीओपी बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ । ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका छन् ।