चलचित्र ‘प्रतीक्षा’का नाममा रहेको यो माइलस्टोन रेकर्ड
काठमाडौं । थुप्रै रेकर्डहरू मध्ये चलचित्र ‘प्रतीक्षा’को नाममा पनि एउटा रेकर्ड रहेको छ । वि.स. २०५२ असोज १५ गते प्रदर्शन भएको चलचित्र ‘प्रतीक्षा’का नाममा मिक्सिङको रेकर्ड रहेको छ ।
‘प्रतीक्षा’ नेपालमा मिक्सिङ गरिएको पहिलो चलचित्र हो । यसअघि नेपाली चलचित्र नेपालमा सम्पादन हुँदैन थियो ।
यसअघि बनेका चलचित्र प्रायः भारतमा सम्पादन र मिक्सिङ गरिन्थ्यो । तर, ‘प्रतीक्षा’ पहिलोपटक सम्पूर्ण रूपमा नेपालमै मिक्सिङ गरिन्थ्यो ।
यो नेपाली चलचित्र उद्योगका लागि एउटा कोशेढुंगा थियो । यसले नेपाल प्रविधिमा आत्मनिर्भरता छ भन्ने प्रमाणित गरेको थियो । यसले नेपालभित्रै पोस्ट प्रोडक्सनको सबै काम हुन्छ भन्ने प्रमाणित गरेको थियो ।
ज्योति फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको कथा, पटकथा, सम्पादन राजविक्रम शाहले गरेका थिए । निर्देशन पनि राजविक्रम शाहकै थियो ।
चलचित्रमा राजेश हमाल, करिष्मा मानन्धर, सम्राट सापकोटा, सावित शाह लगायतका कलाका मुख्य भूमिकामा थिए ।
निर्मातामा टिपी श्रेष्ठ, एनके श्रीवास्तव र जेडी गुरुङ रहेका थिए ।



