निर्माण नहुँदै अमेरिका र क्यानडामा बिक्री भयो ‘आ बाट आमा २’ !
काठमाडौं । पल शाहको मुख्य भूमिका रहने चलचित्र ‘आ आमा २’को अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ । निर्माण टिमले फिल्मको घोषणा गरेलगत्तै यि दुई देशमा सोल्ट आउट भएका हो ।
डोको फिल्म्सले यो फिल्मलाई महँगो रकममा खरिद गरेको हो । यो चलचित्रमा अहिलेसम्म सबै कलाकारहरु फाइनल भइसकेका छैनन् । तर, यो चलचित्रको पहिलो भाग अर्थात ‘आ बाट आमा’ले नेपालमा राम्रो कमाई र चर्चा कमाएको थियो ।
सोही प्रभावका कारण अहिले विदेशमा रहेका वितरकहरुले ‘आ बाट आमा २’प्रदर्शन अधिकार खरिद गर्न थालेका हुन् ।
यस फिल्ममा पल शाह, विपना थापा, आशा श्रेष्ठ, प्रदीप रावत, गजित बिष्ट, नरेन खड्का लगायत कलाकार अनुबन्ध भएका छन् । अन्य कलाकार तथा फिल्मको अभिनेत्रीहरु भने छनोट हुन बाँकी नै छ ।
निर्देशक चन्द्र पन्तले अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको बताए ।
आगामी दसैँ अर्थात असोज ३० गतेबाट प्रदर्शनमा आउने यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहनेछ । यस फिल्मको वितरण आरआर फिल्मस्ले गर्दैछ । डिजिटल अधिकार ओएसआरले लिइसकेको छ ।




